संक्षिप्त परिचय
विद्यालयको संक्षिप्त परिचय पाँचथर जिल्ला प्रदेश नं १ प्रदेश सभा निर्वाचन क्षेत्र ९ख० को फाल्गुनन्द गाउँपालिका वडा नं १ मा अवस्थित श्री सिद्धदेवी माद्यमिक विद्यालय वि। सं २००६ सालमा स्वर्गीय लिलाराज आडदेम्बेको नेतृत्वमा स्थापना भयो । सदरमुकाम फिदिमबाट १९ कि। मि। दक्षिणमा सिवा, लुम्फाबुङ, ईम्बुङको केन्द्रमा रहेको यो विद्यालय वि। सं २०१३ सालमा धनकुटा गैंडाबाट नि ।मा। वि। सञ्चालन गर्ने अनुमति प्राप्त यस विद्यालयले वि।स। २०४० सालमा स्थानिय जनताको सहयोगमा तत्कालिन गाउँपञ्चायतका प्रधानपञ्च श्री घनेन्द्र राज आङदेम्वे ज्युको नेतृत्वमा क्षेत्रीय शिक्षा निर्देशनालय , पूर्वाञ्चल शाखा, धनकुटाबाट माद्यमिक तहको अनुमति प्राप्त गर्यो। । देशमा आएको राजनैतिक परीवर्तन संगसगै शिक्षामा पनि परीवर्तनको संकेत देखा पर्यो। जसको परीणाम स्वरुप २४ वर्ष पछि यस विद्यालयले शिक्षक तथा कर्मचारी, स्थानिय जनता र नवमीडाँडा गा।वि।स।को आर्थिक सहयोगमा तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री देव कुमार सोम्वाहाम्फे र प्रधानाध्यापक श्री वीरेन्द्र कुमार खड्काको नेतृत्वमा वि।स। २०६५ सालमा उच्च माद्यमिक शिक्षा परीषद्, सानोठीमी, भक्तपुरबाट ं२ सञ्चालन अनुमति प्राप्त गरी हाल वालविकास देखि कक्षा १२ सम्म तीनओटा संकाय शिक्षा,मानविकी र व्यवस्थापन अध्ययन अध्यापन भइरहेको छ । श्री सिद्ध देवी मा।वि। को सेवा क्षेत्र विस्तृत रहेता पनि यहाँ अधिकाँश जनजातिहरुको वसोवास रहेको छ ।जसमा लिम्बु जाति लगभग ७०प्रतिशत ,तामाङ १० प्रतिशत, मगर ६ प्रतिशत,राइ २प्रतिशत ,नेवार १प्रतिशत र अन्य ११ प्रतिशतको हाराहारीमा बासिन्दा रहेका छन् ।विशेष गरेर यहाँका मानिसहरु शिक्षाअर्जन भन्दा वैदेशिक रोजगारीमा बढी आकर्षित भएको पाइन्छ ।तसर्थ शिक्षा प्रति आकर्षण गर्नको लागि समय सापेक्ष विकास भएका शिक्षण विधि र प्रविधि साथै भरपर्दो सञ्चार माध्यमको उपयोग गर्नु युगानुकुल आवश्यक्ता महशुस भएको छ ।नेपाल सरकारद्वारा वि।स।२०७६मा नमुना विद्यालय विकासको छनोट सूचिमा सूचिकृत भए पश्चात सामाजिक विकास मन्त्रालय प्रदेश न।१ बाट आइ।सि।टी।व्यवस्थापनको लागि हालसम्म रु।११,५०,००० । , राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम आ।व।२०७७र२०७८ मा प्रविधि मैत्री शिक्षणको लागि रु ६,५०,०००। र फाल्गुनन्द गाउँपालिका फाक्तेप ,पाँचथरबाट दुइकोठे पक्की विज्ञान प्रयोगशाला भवन निर्माणका लागि रु १६,००००० । प्राप्त भइ सोही अनुरुपको व्यवस्थापन भइरहेको छ ।नमुना विद्यालय विकास आन्तर्गत वर्तमान अवस्थामा भौतिक विकासलाइ प्राथमिकता दिइएको छ ।विद्यालयको शैक्षिक, भौतिक,अर्थिक विकासका लागि यस विद्यालयका शिक्षक तथा कर्मचारी, वि।व्य।स, शि।अ।सँघ,पूर्व विद्यार्थी समाज ,आमा समुह वालक्लव, यु।रे।स।, सगरमाथा टिन्स क्लव,फा।गा।पा।वडा न। १ नवमीडाँडा,फा।गा।पा। फाक्तेप,पाँचथर,शिक्षा विकास तथा समन्वय इकाइ ,पाँचथर ,सामाजिक विकास मन्त्रालय,प्रदेश न।१,संघीय सरकार लगायत सम्पुर्ण शैक्षिक सरोकारवालाहरुको योगदानलाइ विद्यालयले सदासर्वदा उच्च सम्मान गर्नेछ ।विद्यालयको सूचना प्रणालीलाइ भरपर्दो र व्यवस्थित बनाउन लगायत यस विद्यालयको बृहत्तर हित विकासका लागि वर्तमान वि।व्य।स।का अध्यक्ष श्री चन्द्र राज आङदेम्वे ज्यु लगायत सम्पुर्ण पदाधिकारी सदस्य ज्युहरुको सकरात्मक चिन्तन र सहयोगका लागि श्री सिध्ददेवी माद्यमिक विद्यालय ,फाल्गुनन्द १, नवमीडाँडा हार्दिक अभार तथा धन्यवाद व्यक्त गर्दछ ।
![]() Chandra Raj Angdembeवि.व्य.स. अध्यक्ष 9840980444 |
![]() Birendra Kumar Khadkaप्रधानाध्यापक 9862663669 |
![]() मिलन श्रेष्ठसूचना प्रमुख 9745276013 |